
रञ्जन कोइराला, तुलसीपुर , फागुन ११ । भारतको राजधानी दिल्लीबाट आएका भारतीय साइकल यात्रीलाई दाङमा स्वागत गरिएको छ ।
नेपालको राजधानी काठमाडौंसम्मको साइकल यात्रामा निस्किएका भारतीय साइकल यात्रीको समुह दाङमा दाङ तुलसीपुरका साइकलिष्टहरुले अमेलियामा पुगेर उनीहरुको स्वागत गरेका हुन ।
भारतीय ती साइकल यात्रीहरुलाई दाङ तुलसीपुरका साइकिलिष्टरु खुमबहादुर न्यौंपाने, रश्मि अधिकारी, रञ्जन कोइराला लगाएतको समुहले दाङको अमेलियामा पुगेर स्वागत गर्दै अगाडिको थप यात्राका लागि शुभकामना प्रदान गरेको थियो ।

दुई देश बीचको राजधानीको यात्रा साइकल मार्फत पुरा गर्ने उदेश्य राखेर क्यापिटल सिटी टू क्यापिटल सिटी (सिटुसी) अभियानमा सात जना भारतीय साइकल यात्री यात्राका क्रममा दाङ आइपुग्दा दंगाली साइकलिष्टहरुले स्वागत गरेका हुन । उनीहरु बिहीबार बिहानै दाङको लमहीदेखि अगाडि बढेका छन् ।
यो यात्रामा कनवर गिलले, विनिता शर्मा, डाक्टर मुस्तफा (टोपीवाला) डाक्टर राहुल, मेघा जैन, आसिफ मल्वासी र रबिन्द्रकुमार सिंह रहेको यात्राका संयोजक जसप्रीत सिंहले जानकारी दिए ।

उनीहरुले यो यात्रा २० फ्रेब्रुअरीमा दिल्लीस्थित इण्डिया गेटबाट सुरु गरेका थिए । २५ फ्रेब्रुअरीमा नेपालको राजधानी काठमाडौंमा पुगेर यात्रा समापन गर्ने लक्ष्य उनीहरुको रहेको छ ।
यात्रामा सहभागी मध्यका एम्बेसडरका रुपमा रहेका यात्रामा कनवर गिलले आँफुहरुको यो राइडको मुख्य उदेश्य पर्दुशनरहित समाज निर्माण, इण्डिया र नेपालका बीचको मित्रता थप दिगो बनाउनु र निरोगी जीवन सैली बिताउन मानिसहरुलाई प्रेरित गर्नु रहेको बताए । चार दिनको अवबधिमा आँफुहरुले झन्डै ६ सय किलोमिटर यात्रा पार गरि सकेको र काठमाडौंसम्मको थप करिब ५ सय किलोमिटर यात्रा थप तीन दिनमा पुरा गरि सक्ने अठोट ब्यक्त गरे ।

नेपालमा आउँदा बिभिन्न ठाउँमा स्वागत, सत्कार र माया पाएको भन्दै उनले खुसी ब्यक्त गरेका थिए ।