२०८३ जेष्ठ १४ गते बिहिवार

रबीन्द्र ढाँट ‘रोड टू युएफसी’को सेमिफाइनलमा प्रबेश गरे

दाङ, जेठ १४ ।
नेपालका मिक्स मार्सल आर्टस (एमएमए) फाइटर रवीन्द्र ढाँट अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी)को छनोट प्रतियोगिता ‘रोड टू युएफसी सिजन–५’को सेमिफाइनल प्रवेश गरेका छन्

बिहीबार दिउँसो मकाउमा भएको ब्यान्टमवेट विधाको क्वार्टरफाइनलमा रवीन्द्रले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै नकआटउ गरेका थिए ।

‘बझाङी बाघ’ नामले परिचित रवीन्द्रले सेमिफाइनलमा जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डौकबिचको विजेतासँग प्रतिष्पर्धा गर्ने छ्न । उनी ब्यान्टमवेटमा विजेता बनेमा युएफसीको मुख्य स्टेजमा छनोट हुने छन् ।
रबिन्द्रले गत वर्ष भारतको ग्रेटर नोइडामा आयोजित ‘मेट्रिक्स फाइट नाइट १७’ मा भारतीय चर्चित खेलाडी चुङरेन कवरेनलाई पराजित गरे संगै चर्चा बटुलेका थिए ।

प्रकाशित मिति : २०८३ जेष्ठ १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *