२०८१ बैशाख १३ गते बिहिवार

राष्ट्रपतिको निर्वाचनका लागि प्रधानमन्त्रीसंग छलफल भइरहेको छ – काँग्रेस नेता महर

घोराही, माघ १२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रपतिको निर्वाचनका लागि प्रधानमन्त्री र नेपाली कांग्रेसका नेताहरुकाबीच भने कुराकानी भइरहेको बताएका छन् ।

काँग्रेसको घोराही उपमहानगरस्तरिय कार्यक्रमलाई सम्बोधन गर्न दाङ आएका नेता महरले संचारकर्मीसंग कुरा गर्दै विगतमा राष्ट्रपतिको भूमिकाबाट दुःख पाउने काम भएकाले नेताहरु सचेत रहेको र फेरि त्यस्तो नहोस भन्ने नेताहरु लागेको तर्क गरे ।

त्यस्तै उनले कांग्रेसको प्राथमिकता अवको पाँच बर्ष कसैसँग गठबन्धन नगरेर पार्टी निर्माणका लागि हुनुपर्ने बताए । उनले गठबन्धन गरेर पार्टीका लागि राम्रो नभएको हुँदा फेरि गठबन्धन गर्नुभन्दा एकल लडेर बहुमत ल्याउने गरि पार्टीलाई जनताको पक्षमा लाग्नुपर्ने जोड दिए ।

‘गठबन्धन गर्दा हाम्रो अनुभव राम्रो भएन,’ उनले भने ‘त्यसैले अव एकल लडेर बहुमत ल्याउने गरि पार्टीलाई स्टेण्ड बनाउन तर्फ लाग्नु पर्छ ।’ त्यसका लागि संगठन निर्माणसँगै नेता तथा कार्यकर्ताहरुले चरित्र निर्माण समेत ध्यानदिनुपर्ने उनको जोड थियो ।

उनले बहुदलिय व्यवस्थामा दलहरुको परिर्वतन जनताले आशा गरे अनुरुप हुन नसक्दा राजनीति प्रति बितृष्णा पैदा भएको बताए । केन्द्रीय सदस्य महरले बर्तमान सरकार लामो समय जान नसक्ने पनि तर्क गरे ।

बर्तमान सरकार तासको घरको रुपमा बनेको उनले टिप्पनी गरे ।

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *