२०८२ माघ २६ गते सोमवार

राष्ट्रियसभामा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने

काठमाडौँ,माघ १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि दाहालले पहिलोपटक राष्ट्रियसभामा समसामयिक विषयमा धारणा राख्न लागेका हुन्। गत पुस १० गते दाहाल प्रधानमन्त्री नियुक्त भएका थिए।

राष्ट्रियसभाको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस हुने तयारी रहेको छ।

साथै, शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्ताव सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति : २०७९ माघ १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *