२०८१ बैशाख १० गते सोमवार

मन्त्रिपरिषद् विस्तार आजै टुंगो लाग्छ ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ,माघ २ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भए लगतै संयन्त्रको बैठक बोलाइएको हो ।

एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य छन् । संयन्त्रको बैठकले मन्त्रालय भागबण्डा टुंगो लगाउने छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने, ‘जे जस्ता कार्यसूची बाँकी छन्, त्यसमा गृहकार्य भएको छ । छिट्टै आवश्यक निर्णय हुन्छ ।’

स्रोतका अनुसार सरकारमा सहभागी हुने दलहरुले पाउने मन्त्रालय संख्या लगभग टुंगिएको छ ।

साँझ बस्ने बैठकले मन्त्रालय टुंगो लगाउने नेताहरु बताउँछन् ।

प्रकाशित मिति : २०७९ माघ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *