२०८३ असार २८ गते आइतवार

लुम्बिनी प्रदेश: गिरीको नेतृत्वमा सरकार गठन गर्न सत्ता गठबन्धनको दावी पेस

दाङ,पुस २७ । नेकपा एमालेका ससदीय दलका नेता लीला गिरीको नेतृत्वमा सरकार गठन गर्नका लागि सत्ता गठबन्धनले प्रदेश प्रमुखसमक्ष दावी पेस गरेको छ।

बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा ,जसपा,लोसपा, नागरिक उन्मुक्ति पार्टीका सासदहरू र २ स्वतन्त्र सांसदहरूसहित ५८ जनाको हस्ताक्षरसहित सरकार गठन दावी पेस गरिएको एमाले केन्द्रीय सदस्य भूमिश्वर ढकालले जानकारी दिए।

संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि दावी गरिएको हो।

सरकार गठन दावीको लागि प्रदेश प्रमुख अमिक शेरचनले आज ४ बजे सम्मको समय दिएका थिए।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४-४, जसपा,लोसपा र जनमतका ३-३ र २ स्वतन्त्र सासदहरुको हस्ताक्षर सहित ५८ जनाको हस्ताक्षरसहित दावी बुझाइएकाे हाे।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ। प्रदेशमा कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ सदस्य छन्।

प्रकाशित मिति : २०७९ पुष २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *