२०८३ भाद्र १२ गते शुक्रवार

लुम्बिनी प्रदेश सभा सदस्यले लिए शपथ

तुलसीपुर,पुस १७ । लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आइतबार लुम्बिनीको स्थायी राजधानी देउखुरीस्थित प्रदेशसभा भवनमा प्रदेश प्रदेश प्रमुख अमिक शेरचनले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

शपथसँगै सांसदहरुलाई झोला र लोगोसमेत प्रदान गरिएको छ। लुम्बिनीमा प्रत्यक्षतर्फ ५२ र समानुपातिक ३५ गरेर ८७ सदस्यीय प्रदेशसभा रहेको छ।

एमाले २९ सदस्यसहित सबैभन्दा ठूलो दल छ। नेपाली कांग्रेस २७, नेकपा माओवादी केन्द्र ९, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी ३, लोकतान्त्रिक समाजवादी ३, राष्ट्रिय जनमोर्चा (राजमाे) १, नेकपा एकिकृत समाजवादी एक, स्वतन्त्र ३ जना छन्।

गुल्मी निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित लुम्बिनी प्रदेश सभाका जेष्ठ सदस्य ६९ वर्षीय डिल्लीराज भुसालले प्रदेशसभाको अध्यक्षता गर्नेछन्।

प्रदेश प्रमुख अमिक शेरचनले सभामुख निर्वाचित नहुँदासम्म बैठकको अध्यक्षता गर्न भुसाललाई जेष्ठ सदस्यको प्रमाणपत्र प्रदान गरेका छन्।

लुम्बिनी प्रदेशसभाको पहिलो बैठक सोमबार बस्दैछ।

प्रकाशित मिति : २०७९ पुष १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *