२०८१ बैशाख १२ गते बुधवार

नेपाल टी–२० ः काठमाडौंलाई हराउँदै लुम्बिनीको लगातार पाँचौं जित

दाङ,पुस १५ । काठमाडौं नाइट्सलाई हराउँदै लुम्बिनी अलस्टार्सले हराउँदै पाँचौं जित निकालेको छ ।

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी– २० खेल अन्तर्गत शुक्रबार भएको खेलमा लुम्बिनीले काठमाडौंलाई ३५ रनले पराजित गरेको हो ।

यो जितसँगै लुम्बिनीले जारी लिगमा लगातार पाँचौं जित निकालेको हो ।

लुम्बिनीले दिएको १५१ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन जोडेर पराजयको सामना गरेको हो ।

काठमाडौंका लागि अज्मतुल्लाह ओमारजाईले सर्वाधिक ३८, सुमन गौतमले १८, एलेक्स ब्लेकले ११ र वसिर अहमदले १० रन जोड्दा कमल ऐरी १९ रनमा अविजित रहे ।

लुम्बिनीको जितमा उत्कृष्ट बलिङ गर्दै हर्मितसिंहले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चिएर तीन विकेट लिए । किसोर महत्तो, सेड्ली भान स्केल्कवेक, तिलक भण्डारी र ह्यारि टेकटरले समान एक एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५० रन जोडेको थियो ।

लुम्बिनीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४०, लाहिरु मिलन्था २५, कुशल भुर्तेलले १९, अनिल शाह १३ हर्मितसिंहले १२ जोड्दा सेड्ली भान स्केल्कवेक २१ रनमा अविजित रहे ।

 

प्रकाशित मिति : २०७९ पुष १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *