दाङ, असोज २४ ।
सुर्खेतमा पैदल हिडिरहेका एक श्रीमान श्रीमतिलाई मोटरसाइकलको ठक्कर दिदा श्रीमानको मृत्यु भएको छ भने श्रीमतिको उपचार जारी छ । यो दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते छन् ।
तीन घाइते मध्य दैलेखको भैरबी गाउँपालिका घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १० बुदबुदे बस्दै आएका ३७ बर्षीय विवेक थापाको मृत्यु भएको हो ।
उनलाई थप उपचारका लागि बाँके तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
मृृतक थापाकी श्रीमति २९ बर्षीया की सुनिता थापाको बाँकेको नेपालगंजमा उपचार जारी छ । उनको टाउको र शरीरका बिभिन्न भागमा चोट पटक रहेको छ । प्रहरीका अनुसार उनको अवस्था मध्यम छ ।
त्यस्तै मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर – १० का २२ बर्षीय दिपेश चौधरीपनि घाइते छन् । उनको पनि नेपालगंजमा उपचार भइ रहेको छ । चौधरीको अनुहारमा चोट छ ।
दुर्घटनाका घाइते तीनै जनालाई प्रहरीले उद्धार गरि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारका लागि पुर्याएको थियो । राति ९ बजे तिर तीनै जना घाइतेलाई थप उपचारको लागि नेपालगंज रिफर गरिएको थियो ।
नेपालगंज तर्फ लैजाँदै गर्दा राति पौने १० बजे तिर विवेक थापाको बाटोमै मृत्यु भएको थियो ।
राति ११ बजे पछि सुर्खेत प्रदेश अस्पताल कालागाउँमा थापाको शब पुर्याइएको थियो ।
शुक्रबार बेलुकी ७ बजेतिर वीरेन्द्रनगर – १० घुस्रा रोडमा घुस्राबाट तीन कुने चोक तर्फ जादै गरेको लु ७२ प २००९ नम्मरको बुलेट बाइकले पैदल यात्री थापा दम्पत्तिलाई ठक्क दिएको थियो ।
घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
