
दाङ, असोज २९ ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत दलित तर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन् ।
स्नेहीले ४ हजार ८ सय २१ मत प्राप्त गरे । उनका प्रतिष्पर्धीहरु मानबहादुर नेपालीले १ हजार १ सय २१ र नरेन्द्र पासवानले ७ सय ९६ मत मात्रै प्राप्त गरे ।
कुल खसेको मत मध्य ६ हजार ७ सय ३७ मत सदर भएको थियो ।
स्नेही सुदूरपश्चिमबाट कांग्रेस पदाधिकारीमा निर्वाचित हुने एक्ला ब्यक्ति हुन ।
बझाङका स्नेही गत पुसमा भएको विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका थिए ।
सदुरपश्चिम बाट नैनसिंह महर महामन्त्रीमा र जनक गिरी सहमहामन्त्री पदमा पराजित भएका थिए।
प्रकाशित मिति : २०८३ असोज २९ गते बिहिवार
