२०८३ असोज २८ गते बुधवार

झोलुङ्गे पुलको तारमा अड्किएको अवस्थामा फेला पर्‍यो शब


दाङ, असोज २८ ।

कञ्चनपुरमा कार्यरत एक जना सशस्त्र प्रहरीका असइको शब झोलुङ्गे पुलको तारमा अड्किएको अबस्था फेला परेको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–६, घर भएका २६ बर्षीय सागरराज थारूको शब बुधबार बिहान झुलुङ्गे पुलको तारजालीमा अड्किएको अवस्थामा फेला परेको हो ।

मध्य असोजमा महाकाली नदीमा आएको बाढीले पुलको एकातर्फको पिलरमा क्षति पुर्‍याएपछि झोलुङ्गे पुल बीचबाट चुँडिएको थियो ।
त्यही चुडिएर पानीमा खसेको तारमा सशस्त्र प्रहरीका थारुले लगाएको टिसर्ट देखिएपछि बिहान शब निकालिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी टेकबहादुर रावतले जानकारी दिए ।

थारु गत शनिबार दिउँसो अरु संगै डुँगामा चढेर नेपाल टेलिकमको तार तान्ने क्रममा सन्तुलन खलबलिन गइ महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।
बाढीले झोलुङ्गे पुल बीचबाट चुँडिएको हुँदा नेपाल टेलिकमको इन्टरनेट तारसमेत चुँडिएको थियो । सोही चुँडिएको तार डुँगामा चढी तार तान्ने क्रममा थारू महाकाली नदीमा खसेर बेपत्ता बनेका थिए ।


देवस्थान गुल्म दोधारा चाँदनीमा कार्यरत थारु यो दुर्घटनामा पर्नु भन्दा अघिल्लो दिन मात्रै काज सरुवा भइ त्यहाँ पुगेका थिए ।
सशस्त्र प्रहरीको गोताखोरसहित उनको खोजी हुँदै आएको थियो ।
रावतका अनुसार थारूको शव निकालेर पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *