२०८१ माघ ३ गते बिहिवार

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै

काठमाडौँ ,पुस १० । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आइतबार सकिँदैछ।

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्रीका लागि दावी पेस गर्न आज साँझ ५ बजेसम्मको समयसीमा दिएकी छन्।

समयसीमा सकिनै लाग्दा पनि सरकार गठनका लागि कसरतमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने अझै भावी प्रधानमन्त्रीको टुङ्गो लगाउन सकेका छैनन्।

कांग्रेसबाट संसदीय दलको नेतामा छनोट भएका सभापति शेरबहादुर देउवा र माओवादीबाट छनोट भएका पुष्षकमल दाहाल ‘प्रचण्ड’को आ–आफ्नै अडानका कारण छनोटमा ढिलाइ भएको हो।

प्रधानमन्त्रीसमेत रहेका देउवा पुनः प्रधानमन्त्री बन्ने दाउमा छन् भने यता प्रचण्ड पनि आफू नै प्रधानमन्त्री बन्नुपर्ने दाउमा देखिन्छन्।

राष्ट्रपतिले दिएको समयसीमाभित्र प्रधानमन्त्रीका लागि दावी पेस नभए संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *