२०८१ जेष्ठ १७ गते बिहिवार

राप्ती शान्ती उद्यानको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै

तुलसीपुर,पुस ९ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित राप्ती शान्ती उद्यान (गणेशपुर पार्क) निर्माण समितिको नयाँ नेतृत्वको लागी आज शनिबार निर्वाचन हुँदैछ ।

श्रीगणेश सामुदायिक वन क्षेत्रमा रहेको उद्यानको नयाँ नेतृत्वका लागी वन समुहका करिब ४६५ उपभोक्ताले मतदान गर्ने छन् । बिहान ८ बजेदेखि सुरु भएको निर्वाचन ५ बजे सम्म चल्ने छ ।

उपभोक्ता परिचयपत्रका आधारमा घरको अन्य सदस्यले पनि मतदान गर्न पाउने निर्वाचन कमिटीले जनाएको छ ।

निर्वाचन बाट १ जना अध्यक्ष र १ जना कोषाध्यक्ष विजयी हुनेछन् । अन्य पदमा सर्वसम्मत नेतृत्व चयन भईसकेको छ । अध्यक्ष र कोषाध्यक्ष पदमा नेतृत्व चयन हुन नसक्दा यी २ पदका लागि निर्वाचन हुने भएको हो ।

समितिको अध्यक्ष पदका लागी २ जना बीच प्रतिस्पर्धा हुँदैछ । नेकपा एमालेको तर्फबाट डिल्लीराज भण्डारी उम्मेदवार बनेका छन् । भण्डारी यस अघी पनि अध्यक्ष थिए । उनी दोस्रो कार्यकालका लागी उम्मेदवार बनेका हुन् ।

त्यसैगरी नेपाली काङ्ग्रेसको तर्फबाट ईन्दिरा शर्मा अध्यक्ष पदका लागी उम्मेदवार बनेकी छिन् । शर्मा यस अघी कोषाध्यक्ष थिईन । उनलाई गठबन्धनको साथ रहेको छ ।

त्यसैगरी कोषाध्यक्षमा नेकपा एमालेको तर्फबाट ढुण्डिराज पराजुली उम्मेदवार बनेका छन् भने नेपाली काङ्ग्रेसको तर्फबाट चिरञ्जीवी रिजाल प्रतिस्पर्धामा रहेका छन् । रिजाललाई गठबन्धनको साथ रहेको छ ।

सचिवमा राष्ट्रिय जनमोर्चाका कृष्ण पोख्रेल दोस्रो कार्यकालका लागी सर्वसम्मत चयन भईसकेका छन् । त्यसैगरी विभिन्न राजनीतिक दलबाट ६ जना सदस्य सर्वसम्वत चयन भएका छन् ।

नेकपा एमालेबाट बालाराम रेग्मी, नेपाली काङ्ग्रेसबाट छविलाल पन्थी, राष्ट्रिय स्वतन्त्र पार्टी बाट शिवराज कालाथोकी, एकीकृत समाजवादी बाट माधव गिरी, विप्लव निकट नेकपा बाट भक्तिराम भण्डारी र नेपाल समाजवादी पार्टीबाट टुकलाल भण्डारी समितिको सदस्यमा चयन भएका हुन् । समितिका पदाधिकारीहरुको कार्यालय ३ वर्षको हुनेछ ।

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *