२०८२ असार ९ गते मङ्गलवार

रुपन्देहीमा १ सय ५६ जना उम्मेदवारको जमानत जफत

रुपन्देही ,मंसिर २२ । प्रतिनिधि सभातर्फ ५ र प्रदेश सभातर्फ १० निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा मंसिर ४ को निर्वाचनमा उम्मेदवार बनेका १ सय ५६ जनाको जमानत जफत भएको छ ।

निर्वाचनमा खसेको सदर मतको दशप्रतिशत भन्दा कम मत ल्याएका कुल २ सय ३ जनामध्ये प्रदेश सभातर्फ ८३ जनाको र प्रतिनिधि सभातर्फ ७३ जना उम्मेदवारको जमानत जफत भएको हो ।

उम्मेदवारी दर्ता गराएर पनि ९ जनाले उम्मेदवारी फिर्ता लिएको र ३ जनाको उम्मेदवारी खारेजी भएपछि रुपन्देहीमा १५ पदका लागि २ सय ३ जनाको नाम उम्मेदवारको अन्तिम नामावलीमा प्रकाशन भएको थियो ।

विभिन्न दलका तर्फबाट र स्वतन्त्र गरी प्रतिनिधि सभाका लागि ८८ जनाले उम्मेदवारी दिएका थिए भने ११४ जनाले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए ।

रुपन्देहीमा मताधिकार भएका ६ लाख ३८ हजार ९ सय ५२ मतदाता रहेकोमा ६७ दशमलव ८५ प्रतिशत मतदान भएको थियो ।

प्रदेश सभातर्फ ४ लाख ९ हजार ४ सय ९३ मत सदर भएको थियो भने प्रतिनिधी सभातर्फ ४ लाख ७ हजार ४ सय ५३ वटा सदर मत खसेको थियो ।

निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेको हकमा जमानत जफत हुन्छ । प्रतिस्पर्धी उम्मेदवार मध्ये रुपन्देहीबाट ४७ जनाले मात्र जमानत जोगाउन सफल भएका छन् ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारले जनही रु. १० हजार र प्रदेश सभा सदस्यको उम्मेदवारले जनही पाँच हजार जमानत (धरौटी) राख्नुपर्ने व्यवस्था रहेको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *