२०८१ साउन ५ गते शनिवार

छिट्टै संघीय निजामती सेवा ऐन आउँछ ः उप-सभामुख भुसाल

अर्घाखाँची,भदौ २३ । प्रतिनिधि सभाको उप-सभामुख पुष्पा भुसालले संघीय निजामती सेवा ऐेन छिट्टै आउने बताएकी छन्।

निजामती सेवा दिवसका अवसरमा अर्घाखाँचीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख भुसालले आउने भदौसम्म संघीय निजामती सेवा ऐन आउने दावी गरिन्।

ऐन नआउँदा कर्मचारीहरुमा मनोबल गिरेको र संघीयताको मूल मर्म कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।

उनले भनिन्’ कर्मचारीहरुमा मनोबल बढाउन, संघीयताको मूल मर्म कार्यान्वयनका लागि निजामती सेवा ऐन ल्याउन आवश्यक छ।’ उनले सार्क राष्ट्रमा नेपाल सबैभन्दा कम तलब र अन्य सेवा सुविधा भएको राष्ट्र भएको बताइन्।

संविधानको कार्यान्वयनमा समेत बाधा पुगेको भन्दै उप-सभामुख भुसालले पावर सेयरिङ्गको विषयलाई मजबुत र व्यवस्थित बन्न पनि संघीय निजामती सेवा ऐन आउनुपर्ने जोड दिइन्।

कार्यक्रममा प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *