२०८२ जेष्ठ ३० गते शुक्रवार

यी हुन काँग्रेसले दाङबाट प्रतिनिधिसभाका लागि सिफारिस गरेका नामहरु


तुलसीपुर, भदौ १७ । नेपाली काँग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि संभावित उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

काँग्रेस दाङ क्षेत्र नम्बर १ ले प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ केन्द्रीयस कृष्ण किसोर घिमिरेको नाम एक नम्बरमा सिफारिस गरेको छ ।

त्यसपछि केन्द्रीय सदस्य योगेन्द्र चौधरी , नेता प्रदिप थापा र महाधिवेशन प्रतिनिधि अनुराग खडकाको नाम सिफारिस गरेको क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेले जानकारी दिए ।

अनुराग खड्का स्वर्गिय नेता खुमबहादुर खड्काका छोरा हुन ।

यस क्षेत्रबाट समानुपातिक तर्फ पूर्व सांसद सुसिला चौधरीको नाम एक नम्बरमा सिफारिस गरिएको छ । त्यसपछि क्रमश ः आत्माराम भट्टराई, खडकबहादुर सुनार , दोर्ण भुसाल, गोबिन्द रेग्मी, रामप्रसाद चौधरी ,जमिर शाहको नाम रहेको छ ।

त्यस्तै दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष तर्फ प्रतिनिधिसभा सदस्यका लागि पूर्व सांसद तथा लुम्बिनी प्रदेशका उपाध्यक्ष राजु खनालको नाम एक नम्बरमा सिफारिस गरिएको छ ।

क्षेत्रीय सभापति भिमप्रकाश खड्काका अनुसार त्यसपछि क्रमशः पूर्व जिल्ला सभापति घनश्याम रेग्मी, नेता किरण किशोर घिमिरे र भरतबहादुर न्यौंपानेको नाम सिफारिस गरिएको छ ।

समानुपातिक महिला तर्फ बिमला योगी, सपना बोहराको नाम सिफारिस गरिएको छ । बोहरा पेशाले पत्रकार हुन ।

त्यस्तै पुरुष तर्फ पूर्व जिल्ला सभापति बिरकेश्वरी गौतम, नेता नदनकुमार शर्मा, हरि रजौरे, गोबिन्द मज्गैंया, तेजबहादुर बिक र गणेशमान चौधरीको नाम सिफारिस गरिएको छ ।

त्यस्तै दाङ निर्वाचन क्षेत्र नं. ३ बाट प्रत्यक्ष तर्फ प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीको नाम एक नम्बरमा सिफारिस गरिएको छ ।

काँग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काका अनुसार त्यसपछि नेता कमानसिंह डाँगी, यमप्रशाद पाण्डे, मदन रसिक, विजुल बिश्वकर्मा र राजेन्द्र धितालको नाम सिफारिस भएको छ ।

समानुपातिक तर्फपनि ६ जनाको नाम सिफारिस गरिएको छ । जस्मा केन्द्रीय सदस्य गेहेन्द्र गिरीको नाम एक नम्बरमा सिफारिस भएको छ ।

त्यसपछि पूर्व सांसद बुद्धिराम भण्डारी, पूर्व जिल्ला सभापति कीर्तिबहादुर खड्का, नेता घनश्याम शेरपाइली, चुर्णबहादुर चौधरी र महिलामा देबीका नेपालीको नाम सिफारिस गरिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *