२०८१ मङ्सिर १७ गते सोमवार

काँग्रेसका गेहेन्द्र गिरी १८१९३ मत गणना हुँदासम्म १८१ मतले अगाडि

तुलसीपुर , जेठ ६ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले अग्रता कायमै राखेका छन् ।

१८१९३ मत गणना हुँदा गठबन्धन दलबाट काँगेसका गिरी १८१ मतले अगाडि छन् ।गिरीले ७६६७ मत प्राप्त गरेका छन् ।

गिरीका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका मेयर पदका उम्मेदवार टिकाराम खड्काले ७४८६ मतका साथ पच्छ्याइ रहेका छन् ।

चौधरीले ६९६१ मत प्राप्त गरेकी छिन् । चौधरी प्रतिष्पर्धी भन्दा १०१४ मतान्तरले अगाडि पुगेकी छिन् ।

उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजबादीका जोगबहादुर राना मगरले ५९४७ मत प्राप्त गरेका छन् ।

तुलसीपुर बजारको केन्द्र भाग तुलसीपुर – ५ मा नेपाली काँग्रेसका बीरेन्द्रकुमार शाह वडाध्यक्षमा निर्वाचित भएका छन् ।

यो उनको दोस्रो कार्यकाल हो ।
तुलसीपुरमा ७० हजार बढी मत खसेको छ ।

१९ वडाहरु रहेको तुलसीपुरमा अहिले वडा नं. ३ र ६ को मत गणना चलिरहेको छ । वडा नं. १ र ४ गठबन्धनबाट माओबादी, २ मा एमालेले जितिसकेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *