२०८१ असार ९ गते शनिवार

तुलसीपुरमा १९४८ मत गन्दा एमालेका खड्का काँग्रेसका गिरी भन्दा २४ मतले अगाडि

तुलसीपुर, जेठ ४ । तुलसीपुर उपमहानगरपालिकामा १९४८ मत गन्दासम्म नेकपा एमालेका उम्मेदवार फेरि अगाडि गएका छन् ।

पछिल्लो परिनाम अनुसार एमालेका मेयरका उम्मेदवार टीकाराम खड्का र उपमेयर पदकी उम्मेदवार श्यानी चौधरीले अग्रता लिएका छन् । १९४८ मत गणना हुँदा एमाले मेयर पदका उम्मेदवार खड्काले ८५० र उपमेयर चौधरीले ८७१ मत प्राप्त गरेकी छिन ।
त्यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले ८२६ र गठबन्धनबाट उपमेयरका उम्मेदवार नेकपा एकीकृत समाजबादीका जोगबहादुर राना मगरले ६१७ मत प्राप्त गरेका छन् ।


मत परिनाम अनुसार एमाले खड्का र काँग्रेसका गिरीका बीचमा २४ मतको अन्तर रहेको छ । त्यस्तै उपमेयरमा एमालेकी चौधरी र समाजबादीका रानाका बीचमा २५४ मतको अन्तर रहेको छ ।

तुलसीपु्र वडा नं। १ र २ मा मतगणना भइरहेको छ । तुलसीपुरमा १९ वडाहरु रहेका छन् । यहाँ ७० हजार बढी मत खसेको छ ।
तुलसीपुर–१७ का एमालेका वडाध्यक्ष पदका उम्मेदवार लबरु चौधरको निधन भएपछि यहाँ जेठ ३ गते मात्रै मतदान भएको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *