रोल्पा,जेठ ४ । रोल्पाको त्रिवेणी गाउँपालिकामा एमाले–कांग्रेसको गठबन्धनले विजय हासिल गरेको छ ।
गाउँपालिका अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर बाँठा र उपाध्यक्षमा नेपाली कांग्रेसका लेखमणी डाँगी विजयी भएका छन ।
अध्यक्षमा बाँठा ५ हजार ८५ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रेशम पुनले ४ हजार ४ सय ६३ मत प्राप्त गरे । यस्तै नेकपा एकीकृत समाजवादीका लालबहादुर डाँगीले ८९ मत पाए ।
यस्तै उपाध्यक्षमा डाँगीले ४ हजार ५ सय ७६ मतका साथ विजय हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी भागिसरा खड्काले ३ हजार ८ सय ६५ मत प्राप्त गरेका छन ।
गठबन्धन भएपनि एमालेकी जानकी बुढाले उम्मेदवारी फिर्ता लिएकी थिइनन् । उनले ७ सय २४ मत पाउँदा नेकपा एकीकृत समाजवादीकी प्रतिज्ञा बुढाले २ सय ८१ मत पाइन ।
यस गाउँपालिकाको ७ वटा वडा मध्ये ४ वटा वडा माओवादी केन्द्रले जित्दा ३ वटा वडा एमालले जितेको छ । कांग्रेसले ६ नम्बर वडाको ३ वटा सदस्य मात्र जितेको छ ।
गाउँपालिकामा गठबन्धन भएपनि वडामा भने एमाले–कांग्रेस, माओवादी तथा समाजवादी एक्लाएक्लै लडेका थिए ।