दाङ, बैशाख २३ । घोराही उपमहानगरपालिकामा सवा दश बजेपछि मतगणना सुरु भएको छ । घोराहीमा गठबन्धन दलबाट नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा (डायमण्ड) र उपमेयरमा नेपाली काँग्रेसका नेता भुपबहादुर डाँगी उम्मेदवार छन् ।
त्यस्तै नेकपा एमालेका यसअघिका मेयर तथा पोलिटब्यूरो सदस्य नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी प्रतिपष्र्धामा छन् । घोराहीमा अहिले पाँच ठाउँमा मतगणना सुरु भएको छ । केही बेरमै आठ ठाउँबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ ।
सुरुमा वडा नं. १४, १५, १८,१९,१६,१७,१, १३, २, ३ र ११ वडाहरुमा गणना सुरु गरिने भएको छ ।
प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार