२०८१ मङ्सिर २४ गते सोमवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोगको टाेलि द्वारा अनुगमन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही शैक्षिक शत्रदेखि बि. एससी नर्सिंग, बिएनएस र ब्याचलर अफ फार्मेसी शैक्षिक कार्यक्रममा पठनपाठन सञ्चालन गर्ने कार्यक्रम रहेकोमा चिकित्सा शिक्षा आयोगले शैक्षिक कार्यक्रम सञ्चालनको स्वीकृती र विद्यार्थी सीट संख्या निर्धारण गर्ने हुनाले सो प्रयोजनको लागि प्रतिष्ठानको स्थलगत रुपमा सम्भाव्यता अध्ययन गर्न उक्त आयोगबाट आएका प्रतिनिधिहरुद्वारा बिहिबार प्रतिष्ठानको अवलोकन कार्य सम्पन्न भएको छ ।

चिकित्सा शिक्षा आयोगका सदस्य सचिब डा. भोजराज काफ्लेको नेतृत्वमा आएको तीन सदस्सिय टाेलिले प्रतिष्ठानको शैक्षिक कार्यक्रम सन्चालनको लागि बनाईएको पुर्बाधारको स्थलगत अबलोकन गरेका थिए ।

सो क्रममा ती कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार (लेक्चर हल, अडिटोरियम हल, फ्याकल्टी रुम, ल्याव, फार्मेसी, पुस्तकालय तथा छात्रावास) र जनशक्तिको बारेमा आयोगको टाेलिलाई प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामीछानेले जानकारी गराएका थिए ।

सो अवसरमा प्रतिष्ठानका डीन डा. सागर पन्थी, सहायक निर्देशक डा. एन्जिलिका कार्की, मेडिकल डाइरेक्टर डा. रमेश कडेल, माओबादी त्यागेर स्वतन्त्र बनेका नेता जिबन गौतम, सिनियर कन्सल्टेण्ट सर्जन डा. जनार्दन पन्थि लगायत चिकित्सक र कर्मचारीहरुले आयोगले खटाएका सम्भाव्यता अध्ययन टोलीका प्रतिनिधिहरुलाई जानकारी गराउनुका साथै शैक्षिक कार्यक्रम सन्चालनका लागि अनुमती प्रदान गरिदिई सहयोग गर्न आग्रह गरेको थियो । अनुगमनपछि आयोगको टाेलि सकारात्मक रहेको प्रतिकृया दिएका थिए । यसअघि पनि आयोगको टाेलि अनुगमन गरेको थियो ।

प्रकाशित मिति : २०७९ बैशाख २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *