२०८२ बैशाख ३० गते सोमवार

निर्वाचनमा आधि आकाश

जागरुक महिलाहरु

सक्राम, बैसाख २१ । असाध्यै गर्मिको धुपले नारीहरुलाइ छोइन, आमाहरुलाइ छोएन, महिलाहरुलाइ छोइन, त्यसैले तुलसीपुर उपमहानगरपालिका —१९ को सक्राममा पनि महिलाहरुको उत्साहजनक सहभागिता देखियो ।

कार्यक्रममा आधा आकाश ढाक्ने अपेक्षा थियो, समग्रमा पुरै आकाश ढाक्ने खालको महिला उपस्थीतिले नारी शाक्तिलाइ संबोधन गर्न मुलुक आतुर हुनुपर्छ भन्ने देखाउथ्यो । तर महिला नेतृहरु भने संयम थिए ।,

परिवारको व्यवास्थापन गर्दागदैै पनि कार्यक्रममा आउन उनीहरु आतुर थिए । चुलो चौको भ्याएर उनीहरु पुरुष भन्दा पहिल्यै कार्यक्रममा आए । यो अवस्थालाइ तस्वीरले आफै बोल्ने छ ।

महिला सामुदायिक संस्थाका अभियन्ता तथा महिला आन्दोलनका अगुवा विमला योगि सक्राममा बसिरहंदा त्यहाको सोसाटिठिको मुटु ढुक्क हुन स्वाभाविक थियो ।

त्यहि भेटिएकि सुस्मा लामिछाने गिरीलाइ पनि उत्साहले रोकेन, गोमा रावतलाइ रोकेन, सावित्रा रानालाइ रोकेन, अनि देवा डागि लगायतका महिला उम्मेदारका प्रत्यासीलाइ रोकेन ।

नपाएरै पनि जिताउन चाहेका छन् महिलाहरुले गठवन्धनलाइ । महिलाहरुसंग कुनै राजनितिक स्वार्थ छैन । तर मुलुकको संघात्मक अभ्यास र लोकतन्त्रनै समाप्त पार्ने केपि शैलिका कारण महिलाहरुले स्पेस नपाएपनि चित्त बुझाएका छन् ।

उनीहरुको दुखेको चित्तमा मलम लगाउन अर्को निर्वाचन कुर्नुपर्ने छ, त्यसमा राजिछन् महिला नेतृहरु ।

लोकतन्त्र र संविधान रक्षाको विषयमा हामी व्याक हुनुपयो, हामीले चाहेर व्याक भएका होइनौ, बाध्यात्मक अवस्थामा हामीले पद चाहेनौं‘ महिला नेतृ विमला योगीले संक्रामको एउटा कार्यक्रममा भनेकि थिइन ।

त्यहि उपस्थीत महिला नेतृ सुस्मा लामीछाने गिरीले पनि त्यहि अभिव्यक्ति दिएकी छिन् । गोमा रावतको पनि निर्वाचनमा उत्तिकै उत्साह थियो । यद्धपि पदिय जिम्मेवारीमा भने गोमा छैनन् ।

‘हामीले यसपालीको बैधानिक वलिदान लोकतन्त्र र गणतन्त्रलाइ संस्थागत गर्नकालागी हो, तर हामी नारीहरुलाइ अवमुल्इन गर्ने सवालमा पार्टि गम्भीर भएरु देखाउन सक्नुपर्छ’ एक जना महिला नेतृतले सक्रामको कार्यक्रममा भनिन् ।

नारीहरुको सम्मान गर्न नसके आधा भन्दा बढि जनताको अपमान हुने पनि नारी शक्तिको चेतावनी छ । यसलाइ पार्टिले गम्भीर रुपमा लिने पनि आम मतदाताले अपेक्षा गरेका छन् ।

गठवन्त्रनका सवालमा सवैभन्दा बढि अन्याए नारीहरुलाइ भैरहेको अवस्थामा पनि नारीहरु चुनावी मैदानमा कत्तिपनि कन्जुस्याइ नगरेर लागीरहेका छन् । किनकि नारीहरु आमाको भुमिकामा देखिन चाहन्छन् ।

त्यसैले सक्रामको कार्यक्रममा विमला आइन, सावित्रा आइन, सुस्मा आइन, अनि गोमा आइन्. । अर्थात उनीहरु भन्दा धेरै महिला नेतृहरुले नै सक्रामको कार्यक्रममा उर्दा थपे ।

‘हामीले विद्रौह गरीरहनु पर्ने छैन, हामीलाइ आवस्यक स्पेश भएको अवस्थामा पनि मुलुकलाइ गठवन्धनको राजनितिले फरक शैलिमा प्रस्तुत हुन बाध्य बनायो’, नेपाल महिला संघ दाङकि पुर्व अध्यक्ष विमला योगीले भनिन् ।

उनको विचारमा अहिले महिलाहरुले स्पेष नपाएर पनि आन्दोलन गर्ने अवस्था छैन । पाटिको विशम परीस्थीतिको निर्णयलाइ सवैले स्वीकार गर्ने पनि उनको अभिव्यक्ति थियो ।

हामी आधा आकाश भन्दा पनि अत्यधिक मतदाता सुचिमा पनि रहेको अभिव्यक्ति दिइन सुस्माले । भित्रि सक्रामको एउटा कार्यक्रममा उनी सहभागि भैरहंदा महिला शक्तिले मात्रै सरकार बनाउन सक्ने बताएकि थिइन ।

परिवार , समाज, टोलविकाश तथा राजनितिक दलमा आवद्ध हुनका लागी पनि महिलाको निर्णय भन्दा वाहिर केहि हुन नसक्ने पनि सुस्माको अभिव्यक्ति थियो ।

त्यसो त महिला विनाको समाज परीकल्पना गर्न सकिंदैन । तर पनि दाङ जिल्लामा भने राप्ती गाउपालिकामा मात्रै महिलालाइ नेतृत्व दिइएको महिला नेतृहरुले बताएका छन् ।

‘जहा महिला नेतृत्व कमजोर छ, त्यहिं महिलालाइ टिकट दिएर फसाउन खोजिंदै छ, राप्ती गाउपालिकामा’ एक जना महिला नेतृतले बताएकि छिन ।

त्यसो त राजनिति बढि बुझ्नेको जमात महिलाहरुको बढी छ , मतदाताको संख्याको हिसावले पनि बढि मतदाता महिलाहरुनै छन् तर पनि समाजले महिलालाइ स्वाीकार गरेको अवस्था छैन, नेतृत्वका लागी । अझ थप प्रस्ष्ट भन्दा गठन्धनका कारण महिलाले स्पेश गुमाउनु परेको छ ।

दाङ जिल्लाका दशवटा पालिकामा महिला उपप्रमुख हुने अवस्थामा अहिले एक तिहाइ पालिकामा पनि महिला सहभागिता देखिएको छैन ।

महिला सहभागिता विनाको निर्वाचन परीकल्पना नगर्रौ भन्दै एक जना नेता वाहिरिएका छन् । किनकि उनी आफै चुनावी मैदानमा थिए …।

प्रकाशित मिति : २०७९ बैशाख २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *