२०८१ मङ्सिर २५ गते मङ्गलवार

तुलसीपुर ८ मा जितबहादुरको जितको चर्चा


तुलसीपुर, बैशाख २१ । तुलसीपुर उपमहागरपालिका वडा नं. ८ मा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार जितबहादुर केसीले बुधबार बिहान वडाको टिकरीमा घर दैलो कार्यक्रम गरेका छन् ।

नेपाली काँग्रेसका दाङका यसअघिका जिल्ला कार्यसमिति सदस्यसमेत रहेका केसी एक सरल स्वभावका ब्यक्ति हुन ।

जीवनमा अनुशासन र लगनसिलतालाई प्रमुख आधार मानेर आँफू राजनीतिमा आएको बताउने वडाध्यक्ष पदका उम्मेदवार केसी पूर्व अन्तराष्ट्रिय टेक्वान्दोका खेलाडी हुन ।

पछिल्लो समय नेपाली काँग्रेसले वडाध्यक्षका उम्मेदवार केसीलाई खेलकुद बिभागको केन्द्रीय पदमा मनोनित गरेको थियो ।

विश्व ब्यापी रुपमा फैलिएको कोराना भाइरस महामारीको कहरको समयमा वडाध्यक्ष पदका उम्मेदवार केसीले आफ्नो वडामा राहात बितरणमा निश्वार्थ रुपमा खटिएका नेता हुन ।

‘जहाँपनि जतिबेला म तपाँईका माझमै रहने छु,’ वडाध्यक्ष केसीले भने ‘म वडाको समुचित बिकाशको लागि तपाँईहरु संगै खटिएर काम गर्ने छु ।’

आँफू र आफ्नो सम्पूर्ण टिमलाई बिजयी गराउन अपिल गर्दै आएका वडाध्यक्ष पदका उम्मेदवार केसीले आफ्नो टिमले जितेमा इमान्दारी पूर्वक वडाबासीको सेवामा खटिने प्रतिबद्धता जनाउँदै आएका छन् ।

‘ जितबहादुरको जितको चर्चा चुलिएको छ,’ केसीले भने ‘ म आँफै स्वअनुशासनमा बस्ने ब्यक्ति हो र मेरो उम्मेदवारीले वडाबासी खुसी हुनु भएको छ ।’

बैशाख ३० गते स्थानीय तह निर्वाचन हुन गइरहेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *