तुलसीपुर,बैशाख २० । तुलसीपुर उपमहानगरपालिका वडा न. ७ मा रामबहादुर जिसीको नेतृत्वमा रहेको गठबन्धनका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्र पारेका छन ।
गठबन्धनका तर्फबाट वडाध्यक्षका पदका उम्मेदवार रामबहादुर जिसी घरदैलो अभियानमा जनताका कुरा सुन्दै,वडाका विकासका विषयमा छलफल गर्दै स्थानीय नागरिकहरुसगं मत मागिरहेका छन ।
भोट माग्ने क्रममा जिसीले गाउँगाउमा गरिव दुःखीको समस्या बुझ्दै बृद्ध आमा–बुवाको आर्शिवाद लिदै टोलवासीको सल्लाह सुझाव लिएका छन । त्यहाँ उनको अन्य दलका उम्मेदवारहरु भन्दा भोट माग्ने तरिका फरक नै देखिन्थ्यो ।
घरदैलो कार्यक्रममा उनले चुनाव जितेपछि कृषि,सडक,खानेपानी ,शिक्षा र स्वास्थ्यको क्षेत्रमा रहेर काम गर्ने र अन्य वडा भन्दा तुलसीपुर ७ लाई नमुना वडाको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन ।
घरदैलो कार्यक्रममा संयुक्त गठबन्धनका नेता तथा कार्यकता र स्थानीय जनताहरु जिसीलाई जिताउन उत्साही रुपमा लागेका छन ।
मगंलवार वडा नं. ७ को श्रीगैं,गौझेनी,गणेशपुर,डांडापातु,गैरापातु लगाएतका स्थानमा घरदैलो कार्यक्रम भएको छ ।
वडाअध्यक्ष पदका उम्मेदवार जिसी सहित सदस्यहरु चित्रा मल्ल,ऋषीराम पौडेल,शोभाराम भण्डारी,डिला विश्वकर्मा
चुनावी अभियानमा लागेका छन ।
त्यस अवसरमा नेपाली कांग्रेस वडा नं. ७ का सभापति ओम वलि,महाधिवेशन प्रतिनिधिहरु टोपबहादुर केसी,जोगेन्द्र विश्वकर्मा,राष्ट्रिय जनमोर्चाका नेता भरत भण्डारी लगाएतका नेता कार्यकताहरु सहभागी थिए ।