२०८१ मङ्सिर २९ गते शनिवार

दाङमा १ सय ७६ जनाले लिए उम्मेदवारी फिर्ता

तुलसीपुर , वैशाख १७। दाङमा शुक्रबार एकसय ७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
जिल्लाका दश पालिका मध्य सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा ९६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका धर्मराज पाण्डे र घोराही उपमहानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका श्रीमनकुमार न्यौंपानेले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यस्तै घोराही उपमहानगरपालिमा १८ जना, लमही नगरपालिमा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै बबई गाउँपालिकामा १४ जना, दंगीशरण गाउँपालिकामा १३ जना, शान्तिनगरमा ५ जना, बंगलाचुलीमा १ जना, राजपुर गाउँपालिकामा ५ जना, राप्ती गाउँपालिकामा ९ जना र गढवा गाउँपालिकामा ८ जनाले उम्मेदवारी फिर्ता लिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

दंगीशरणमा गाउँपालिकाको अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार २ जना, वडाध्यक्ष पदमा उम्मेदवारी दिएका २ जना लगाएत, राप्ती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी दिएका १÷१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

अध्यक्ष पदमा उम्मेदवारी फिर्ता लिने नेकपा एकीकृत समाजबादीका नेता हुन । राप्तीमा थप तीन जना वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार लगाएतले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै बबई गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका १ जना, वडाध्यक्ष पदका उम्मेदवार ४ जना लगाएतले उम्मेदवारी फिर्ता लिएका छन् ।

शान्तिनगरमा वडाध्यक्षमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार २ जना लगाएत, बंगलाचुलीमा स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका १ जना, लमही नगरमा वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार १ जना लगाएतले उम्मेदवारी फिर्ता लिएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।
त्यस्तै गढवा गाउँपालिकामा २ जना स्वतन्त्र पदका उम्मेदवार लगाएतले उम्मेदवारी फिर्ता लिएका छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बैशाख ११ र १२ गते आह्वान गरिएको मनोनयन दर्ताको समयमा दाङका दश पालिकाको १०० वडाका ५२० पदका लागि झन्डै पाँच गुणा बढी २४१२ जनाको उम्मेदवारी परेको थियो ।
दाङमा ४ लाख ९ हजार ९ सय जति मतदाता रहेका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *