२०८१ मङ्सिर २९ गते शनिवार

काँग्रेस त्यागेर बलिराम खत्री, जितबहादुर खड्का र गीता पौडेल एमाले प्रबेश गरे

तुलसीपुर, बैशाख १६ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ नेताहरु बलिराम खत्री, जितबहादुर खड्का र गीता पौडेल नेपाली काँग्रेस पार्टी परित्याग गरि नेकपा एमालेमा पार्टी प्रबेश गरेका छन् ।

शुक्रबार उनीहरु एमाले महासचिव शंकर पोखरेलको हातबाट एमालेको पार्टी सदस्यता लिदै पार्टी प्रबेश गरेका हुन ।

खत्री कांग्रेस कांग्रेस दाङ क्षेत्र नं. ३ का क्षेत्रीय सदस्य हुन । यसअघि उनी तुलसीपुर ९ को वडा इकाइ सभापति थिए । त्यस्तै युवा नेता जितबहादुर खड्का, कांग्रेस समन्वय बिभाग लुम्बिनी प्रदेश संयोजक गीता पौडेलपनि एमालेमा पार्टी प्रवेश गरेका छन् ।


खड्का राप्ती बबई क्याम्पसदेखि नै नेविसंघको विद्यार्थी राजनीति गर्दै आएका ब्यक्ति हुन । खड्काले काँग्रेस भित्रको अपमान सहन गर्न नसकी एमालेमा पार्टी प्रबेश गरेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २०७९ बैशाख १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *