२०८३ भाद्र १० गते बुधवार

प्रतिगमनका बिरुद्ध लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन – महरा

दाङ, बैशाख १४ । नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले पाँचदलिय गठबन्धन मुलुकको आवश्यकताले निर्माण गरेको बताएका छन् ।

बुधवार संयुक्त निर्वाचन परिचालन समिति घोराही उपहानगरपालिकाले आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महराले प्रतिगमनका बिरुद्ध लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताए ।

गठबन्धनले जनताको आधारभुत आवश्यकता पुरा गर्दै शान्ति प्रक्रियामा अपुरा रहेका केही कामलाई पूरा गर्ने दायित्व बोकेका महराले बताए ।

नेपाली काँग्रेस घोराही उपहानगरपालिका सभापति तिलक रावतको अध्यक्षतामा भएको कार्यक्रममा महराले मुलुक अप्ठेरो परिस्थितिको सामना गर्दै जहिले पनि काँग्रेस र माओवादीले निकास दिदै आइरहेको स्मरण गरे ।

‘लोकतान्त्रिक आन्दोलन पनि काँग्रेस र माओवादीको तालमेलबाट नै अघि बढेको हो । जसले गर्दा हामीको गठबन्धन २०६१ सालमा नै भइसकेको थियो । अहिलेको वर्तमान राष्ट्रिय परिस्थितिले अझ बलियो बनाउने काम गरेको छ,’ महराले भने ।

उनले गठबन्धकारीहरु एक मन र तनले आसन्न निर्वाचनमा आफ्ना उम्मेदवारलाई सफल बनाउन लाग्न जरुरी रहेको उनले अपिल गरे ।

महराले भने – ‘ गठबन्धनको पराजय भए मुलुकले नै पराजय हुने छ । मुलुकको आगामी भाग्य र भविष्य निर्धारणका लागि गठबन्धनले नै बिजयी हुनुपर्छ ।’

प्रतिगमनकारीहरुले जनताको अधिकार माथि कू गरी मुलुकलाई अन्यौल र अस्थिरता तर्फ लैजान खोजेकाले प्रतिगमनकारीहरु बिरुद्ध शशक्त भई प्रतिकार गर्नुपर्ने बेला आइसकेको महराले बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले गठबन्धनकारीहरु बीच बैचारिक सिद्धान्त फरक भए पनि राष्ट्रियताको सवाल समान रहेकाले प्रतिगमन शक्ति निशकोच आफ्ना उम्मेद्वारहरु बिजयी बनाउन दत्तचित्त भई अघि बढ्नुपर्ने बताए ।

प्रतिगमनकारीहरुका मुलुक नै जोखिममा परेकाले त्यो जोखिमबाट मुलुकलाई जोगाउन सत्तारुढ दलहरु अब स्थानीय सरकारदेखि केन्द्रसम्म गठबन्धन माध्यमबाट प्रतिगमनकारी रहित सरकार निर्माणमा लागेको उनको तर्क छ ।

कार्यक्रममा राष्ट्रियसभा प्रमुख सचेतक अनिता देवकोटाले गठबन्धनको जित नै मुलुकको जीत रहेकाले प्रतिगमन हराउदै मुलुकको नयाँ भविष्यको यात्रा तय गर्ने साझा संकल्पका साथ गठबन्धन उभिएको बताइन ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य निर्मल आचार्यले गठबन्धन माथि कुनै शंका नगरी वडादेखि उपहानगरसम्म बिजयी बनाउन अग्रसर बन्न सम्पुर्ण कार्यकर्ताहरुलाई आग्रह गरे ।

कार्यक्रममा घोराही उपमहानगरपालिकामा गठबन्धनका मेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता हेमराज शर्मा (डायमण्ड)ले घोराही उपहानगरपालिकाको व्यवस्था अनुरुपको नागरिकको अवस्था बदल्न गठबन्धनले जित्न आवश्यक रहेको दाबी गरे ।

शर्माले विकासमा समान वितरण गरिने, कृषि क्षेत्रको विकास तथा विस्तारलाई प्राथामिक्ता दिइने, गरिव तथा विपन्न वर्ग समुदाय र क्षेत्रको अवस्थामा परिवर्तन ल्याउने गरि काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा गठबन्धनका उपमेयर पदका उम्मेदवार नेपाली काँग्रेसका नेता भुपबहादुर डाँगीले घोराही उपहानगरपालिका भाषणमा मात्रै समृद्धको लहर देखिएको हुँदा बास्तबिक विकाशका लागि गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरे ।

कार्यक्रममा काँग्रेस नेताहरु कमलकिशोर घिमिरे, भरत न्यौपाने, क्षेत्रीय सभापति भिमप्रकाश खड्का र राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य लगायतकाले मनतब्य राखेका थिए ।

कार्यक्रमको सहजिकरण माओवादीका घोराही नगर सचिव साकार चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *