तुलसीपुर, बैशाख ११ । दाङको तुलसीपुर उपमहानगरपालिकामा मेयरका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र नेकपा एमालेको यसअघिका जिल्ला अध्यक्ष टीकाराम खड्का आमनेसामने भएका छन् ।
गिरी नेपाली काँग्रेसबाट २०५६ सालमा निर्वाचित पूव सांसद समेत हुन ।
उनी दुई कार्यकाल नेपाली काँग्रेस दाङको जिल्ला सभापति समेत भइसकेका ब्यक्ति हुन । तर, २०७४ सालको निर्वाचनमा गिरी नेकपा एमालेका घनश्याम पाण्डेसंग तुससीपुरको मेयरमा पराजित भएका थिए ।
गिरी बिशेष गरि स्वर्गिय नेता खुमबहादुर खड्काको अनुयायी भन्न रुचाउँछन् ।
एमालेका खड्का राजनीतिक रुपमा बर्गिय राजनीतिको प्रतिनिधित्व गरेका ब्यक्तिका रुपमा परिचित छन् । उनी रोल्पा हुँदै दाङमा किसान आन्दोलनका रुपमा दाङमा छाएका नेता हुन ।
बिगतमा माधवकुमार नेपालका निकट मानिने खड्का पछिल्लो समय पार्टी बिभाजन हुँदा केपी ओली समुहमा लागेका नेता हुन ।
यसअघिका एमाले जिल्ला अध्यक्ष खड्का अहिले सम्म कुनैपनि लाभको पदमा नपुेको नेताको रुपमा चिनिन्छन् ।
गठबन्धनबाट तुलसीपुरमा नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज जोगबहादुर राना मगर उपमेयरका उम्मेदवार बनाइएका छन् ।
हक्की स्वभावका मानिने राना मगर यसअघि नेकपा एमाले दाङको उपाध्यक्ष र कार्यबहाक अध्यक्षको भूमिका निर्वाह गरि सकेका नेता हुन ।
नेकपा एमालेले उपमेयरमा पनि बिल्कुनै नयाँ अनुहार टिपेर ल्याएको छ । असहाय बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी श्यानी चौधरीलाई एमालेले उपमेयरको उम्मेदवार बनाएको छ ।
चौधरीले तुलसीपुर –६ डुम्रीगाउँमा ‘दिदी घर’ संस्था सञ्चालन गर्दैै आएकी छन् । उनका आफ्नै बालबालिका नभए पनि उनले सडक र असहाय बालबालिकालाई संरक्षण दिदै आएकी छन् ।
घोराहीमा डायमण्ड र चौधरी भिड्दै
दाङको घोराही उपमहानगरपालिकामा २०७४ सालका प्रमुख प्रतिपष्र्धी गठबन्धनका कारण मेयर र उपमेयरका प्रतिष्पर्धी बनेका छन् ।
घोराहीका अहिलेका मेयर नरुलाल चौधरी फेरि नेकपा एमालेबाट मेयरका उम्मेदवार बनाइएका छन् । उनी एमालेका पोलिटब्यूरो सदस्य हुन ।
२०७४ सालको निर्वाचनमा उनका निकटत प्रतिद्धन्दी नेपाली काँग्रेसका नेता भूपबहादुर डाँगी भने पाँच बर्ष पछि उपमेयरका उम्मेदवार बनाइएका छन् ।
पाँच दलिय गठबन्धन अनुसार नेकपा एकीकृत माओबादीका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज हेमराज शर्मा (डायमण्ड) लाई घोराहीमा मेयरको टिकट आएपछि नेपाली काँग्रसबाट एकलौटी रुपमा मेयरका रुपमा प्रस्ताब गरिएका डाँगी उपमेयरमा भिड्न लागेका हुन ।
एमालेले नयाँ अनुहार हुमा डिसीलाई उपमेयरका रुपमा प्रस्तुत गरेको छ । एमालेले जिल्लाका दुई उपमहानगरपालिकामा बिल्कुनै नयाँ अनुहार मात्रै प्रस्तुत गरेको छैन दुबै ठाउँमा महिलालाई उम्मेदवार बनाएको छ ।