
तुलसीपुर, बैशाख ८ । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाले बिहीबार शुभेच्छुक संघ संस्थाहरुसंग छलफल गरेको छ ।
तुलसीपुरस्थित क्षेत्रीय पार्टी कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन लक्षित थियो ।
छलफलमा नेपाली काँग्रेस र गठबन्धनका उम्मेदवारलाई कसरी निर्वाचित गराउने भन्ने बिषयमा केन्द्रित थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले बैशाख ३० गतेको निर्वाचनमा गठबन्धनले सानदान जित हासिल गर्ने बताए ।
‘नेपाली काँग्रेस एक्लै भिडेपनि मेयर उपमेयरसहित १५ वडाहरु जित्न सक्ने अवस्था छ भने पाँच दलिय गठबन्धन भए अबस्था के होला ?,’ हमालले प्रश्न गरे ‘तपाँई आँफै बुझ्नुहोस कि, यहाँ गठबन्धनले पक्कैपनि क्लिनस्वीप गर्ने मेरो अनुमान छ ।’
सभापति हमालले गठबन्धन समयको आवश्यकता रहेको भन्दै सबै शुभेच्छुक संघ संस्थाहरुलाई नेपाली काँग्रेस र गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन सहयोगी भूमिका खेल्न आग्रह गरे ।
‘ब्यक्ति गौण हो र संगठन सबै भन्दा ठूलो हो,’ उनले भने ‘ ब्यक्तिगत कुन्ठाहरु थाँति राखेर यतिखेर सबै आफ्नो संगठनका उम्मेदवारलाई बिजयी बनाउन भूमिका खेल्नु होला।’
त्यस्तै कार्यक्रममा बोल्दै महिला सघं तुलसीपुर नगरकी अध्यक्ष खिमा केसीले विगत बिर्सेर बर्तमानमा अगाडी बढेमा निर्वाचनमा जित हासिल गर्न सकिने बताइन । उनले पार्टीले दिएको निति÷निर्देशनलाई पालना गर्न महिला सघं सदैव तत्पर रहेको प्रष्ट पारिन ।
त्यस्तै नेपाल ट्रेड युनियन काग्रेस दाङका यज्ञ बहादुर केसीले पार्टीभित्र अन्तरघात हुदाँ गत निर्वाचनमा नेपाली काग्रेसले पराजय व्यहोर्नुपरेको बताए ।
त्यसअवसरमा नेपाली कांग्रेस दाङ क्षेत्र न. ३ का क्षेत्रीय सदस्य बसन्त कुमार खड्की,नेपाल शिक्षक सघं तुलसीपुर नगरका अध्यक्ष घनश्याम डांगी,नेता विष्णुमणी धिताल,दलित सघं दाङका अध्यक्ष किरण विश्वर्मा,तुलसीपुर वडा न. १७ का सदस्य मदनबहादुर बस्नेत,प्रजातान्त्रिक यातयात व्यवसायी सघंका उमेशचन्द्र मज्गैया,नेपाल यातयात मजदुर सघंका इकाई अध्यक्ष सुर्वणराज भण्डारी,किसान सघंका मोहनलाल पाण्डे निजामति युनियनका यमनारायण सापकोटा लगाएतले आउदो निर्वाचनमा नेपाली कांग्रेसलाई बिजयी बनाउन एकढिक्का भएर लाग्ने प्रतिबद्धता जनाए ।
उक्त कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस तुलसीपुर नगरका सचिव बिमल पौडेलले गरेका थिए ।
