
घोराही, बैशाख ६ । नेपाली कांग्रेसले घोराही उपमहानगरपालिकामा काँग्रेसले नभइ नेकपा माओबादी केन्द्रले मेयरको टिकट पाए परिणाम राम्रो नआउने चेतावनी दिएको छ ।
घोराही नगरसमितिले मंगलवार घोराहीमा पत्रकार गर्दै नगर सभापति तिलक रावतले गठबन्धनका नाममा काँग्रेस नभइ माओबादीले टिकट पाउन नहुने बताए ।
२०७४ सालको स्थानीय तह निर्वाचनको मुख्य प्रतिष्पर्धी पार्टी नेपाली काँग्रेसले नै घोराहीमा मेयर पाउनु पर्ने रावतले बताए ।
घोराहीमा यतिखेर नेता भूपबहादुर डाँगीको नाम मेयरका रुपमा पार्टीले सिफारिस गरि सकेको छ ।
२०७४ सालको निर्वाचनमा एमालेका नरुलालले २२ हजार ३, निकट प्रतिष्पर्धी नेपाली काँग्रेसका भूपबहादुर डाँगीले १७ हजार ४८४ र नेकपा माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए ।
अहिलेपनि चौधरीलाई एमोलेले मेयरका रुपमा प्रस्तुत गरेको छ । तर, गौतमले भने सोमबार मात्रै माओबादी पार्टी छोडेको घोषणा गरिसकेका छन् ।
गठबन्धनका कारण यतिखेर घोराही माओबादीको भागका परेको चर्चा चल्न थालेपछि काँग्रेसले आँफुले नै मेयरको टिकट पाउनु पर्ने दाबी गरेको हो ।
पत्रकार सम्मलेनमा काँग्रेस नगरसभापति तिलक रावलते जनभावना र अघिल्लो निर्वाचनको मत परिणामलाई मूल्याङकन गरेर स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्नुपर्ने बताए ।
गठबन्धनका कारण माओवादीका उम्मेदवारले मेयरको टिकट पाउने सम्भावना बढेसंगै कांग्रेसले कमजोर जनमत भएको पार्टीलाई टिकट दिदा परिनाम राम्रो नआउने भन्दै सजग तुल्याएको हो ।