२०८१ चैत्र ६ गते बुधवार

सत्ता गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सर्‍यो

काठमाण्डौ,बैशाख ५ । पालिका चुनावमा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटको लागि छलफल गर्न बिहान ११ बजे बस्ने भनिएको सत्ता गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सरेको छ ।

पार्टीको आन्तरिक तयारीको लागि भन्दै दलहरुले बैठक दिउँसो दुई बजेका लागि सारेका हुन् । अरु नगरपालिका र उपमहानगरपालिकामा सहमतिको नजिक भए पनि पोखरा महानगरपालिकामा कुरा नमिलेको नेताहरुले बताएका छन् ।

पोखरा महानगरको मेयरमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले दाबी गरेका छन् । यस्तै माओवादी केन्द्रले दाबी गरेको चितवनको भरतपुुर महानगरपालिकामा पनि कांग्रेसका स्थानीय नेताले दाबी छाडेका छैनन् ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पोखरा र भरतपुरका जिल्ला सभापतिहरुलाई छलफलका लागि काठमाण्डौ बोलाएका छन ।

प्रकाशित मिति : २०७९ बैशाख ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *