घोराही,बैशाख ५ । दाङ जिल्ला उद्योग वाणिज्य संघको ५२ औ स्थापना दिवसको अवसरमा सोमवार हाजिरी जवाफ प्रतियोगीता आयोजना गरिएको छ ।
प्रतियोगीता गल्ला तथा किराना व्यवसायी समितीको समुह प्रथम प्लाष्ट्रिक व्यवसायी समितीको समुह द्धितीय भएको हाजिरी जवाफ प्रतियोगीता उप समितीका एकनारायण पौडेलले जानकारी दिए ।
कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षता तथा संघका पुर्व अध्यक्ष चन्द्रराज पन्तको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रमको बारेमा हाजिरी जवाफ प्रतियोगीता उप समितीका भरतप्रसाद रेग्मीले स्वागत गरेका थिए । कार्यक्रमको सहजिकरण संघका सदस्य जगतप्रसाद आचार्यले गरेका थिए ।
संघले आफनो स्थापना दिवसको अवसरमा व्यवसायीहरु विच फुटबल, कुसीदौड, दौड, हाजिरी जवाफ मैत्री पुर्ण प्रतियोगीता आयोजना गरेको थियो ।
स्थापना दिवसको हरेक वर्ष मैत्रिपुर्ण प्रतियोगीता गदै आएको छ ।