दाङ, बैशाख ४ । सल्यानमा गठबन्धन दलहरु एक्ला एक्लै चुनाबमा जाने भएका छन् ।
सत्तारूढ गठवन्धन भित्रका दलहरूको सोमबारको बैठ्कले गठबन्धन नगर्ने निर्णय गरेको हो।
शनिबारदेखि जारी बैठकमा दलहरुका बीचमा भागबन्डा सहमति नजुटेपछि सहमति गठबन्धन भाँडिएको कांग्रेसका जिल्ला उपसभापति तथा छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिए ।
केसीले पालिका तथा वडा वाँडफाड सम्वन्धि जिल्ला स्तरिय संयन्त्रले निर्वाचनमा मैत्री पूर्ण र स्वछ प्रतिष्पर्धा गर्ने निर्णय भएको जानकारी दिए ।
स्रोतका अनुसार जिल्लाका दश स्थानीय तहहरु मध्य माओवादी केन्द्रले ६ तहमा दावी प्रस्तुत गरेको थियो । नेकपा एकीकृत समाजबादिले जिल्लाका दुई स्थानीय तहमा आफ्नो दाबी प्रस्तुत गरेको थियो ।
माओबादीले ६ र समाजबादीले दुई स्थानमा दाबी गरेपछि काँग्रेसको भागमा दूई पालिका मात्रै पर्ने भएपछि कुरा नमिलेको स्रोतले बतायो ।