२०८३ बैशाख १६ गते बुधवार

जानेर दुई पैसा पनि भ्रष्टाचार गरेको छैनः सभामुख

काठमाडौँ,बैशाख ४ । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा सधैंमा साथमा रहने उनले प्रतिवद्धता व्यक्त गरेका छन्।

भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले मुलुकलाई नै सिध्याइदिने चेतावनी दिएका छन् ।भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भिर समस्या भएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको विरुद्ध निशाना नसोझ्याउने हो भने मुलुकलाई नै सिध्याईदिने बताएका हुन् ।

आईतबारबाट काठमाडौंमा सुरु भएको ‘भ्रष्टाचार विरुद्ध कार्टुन प्रर्दशनी’को उद्घाटन गर्दै उनले भ्रष्टाचार बढदै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खवरदारी गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे।

सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको कार्टुनिष्टहरुको अभियानलाई सातै प्रदेशमा लगेर प्रर्दशन गर्ने काममा आफ्नो साथ रहने पनि बताए।

काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको सो प्रर्दशनी तीन दिनसम्म चल्नेछ । सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि क्षेप्याष्त्र हुनेगरी कार्टुनहरु बनाउन पनि काटुर्निष्टहरुलाई आग्रह गरे।

प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *