२०८३ भाद्र १२ गते शुक्रवार

सत्ता गठबन्धनका शीर्ष नेताको संयुक्त वक्तव्य : सहकार्य र सहयोगको भावनाले अघि बढ्न आह्वान

काठमाडौं,चैत २८ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोगको भावनाले अघि बढ्न आह्वान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा आपसमा मिलेर अघि बढ्ने निर्णय गरेको हो ।

आजको बैठकमा चुनावी तालमेलका लागि संयन्त्र बनाउने विषयमा पनि छलफल भएको र त्यसको टुङ्गो भोलि दिउँसो ४ बजे बस्ने बैठकले लगाउने सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले भने,प्रधानमन्त्रीज्यूको अध्यक्षतामा पाँच दलीय उच्चस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ ।


बैठकमा पालिका चुनावलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र पाँच दलको गठबन्धनद्वारा समर्थित उम्मेदवारलाई कसरी विजयी गराउने लगायत विषयमा छलफल भएको छ । फेरि यो बैठक भोलि ४ बजेका लागि बोलाइएको छ।’

शीर्ष नेताले जारी गरेको संयुक्त अपिलमा चुनावमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरिएको छ ।

सत्ता गठबन्धनले पालिका चुनावमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरे पनि कतिपय ठाउँमा उम्मेदवार तय र भागबन्डामा कुरा नमिल्दा सहमति हुन सकेको छैन ।

तालमेलको मोडालिटी बन्न बाँकी छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले पालिकाबाट आएका प्रतिवेदनका आधारमा तालमेलको मोडालिटीको सुझाव दिइसकेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *