२०८२ जेष्ठ १३ गते आइतवार

नवौ राष्ट्रिय करातेमा दाङको उत्कृष्ट प्रदर्शन


लक्ष्मण बस्नेत,दाङ,चैत २० । काठमाडौमा सम्पन्न नवौ राष्ट्रिय कराते प्रतियोगिता २०७८ मा दाङले उत्कृष्ट प्रदर्शन गरेको छ ।

नेपाल गोजरियो कराते दो संघको आयोजनामा संचालित प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ६ कास्य पदक हात पार्दै दाङले उत्कृष्ट प्रदर्शन गरेको हो ।

तीन दिनसम्म संचालित प्रतियोगिताको जुनियर १२ देखि १३ बर्ष उमेर समुहको कुमुते स्पर्धामा महिला तर्फ एलिना शाही, सिनियर कुमुते ७० केजि तौल समुहमा बिश्वामित्र थारु र ५० केजि तौल समुहमा कुमार चापाईले दाङ लाई स्वर्ण पदक दिलाए ।

त्यस्तै ६० केजि तौल समुहमा एमसन चौधरीले रजत पदक हात पारे । त्यसैगरी कुमुते सिनियर महिला ५० केजि तौल समुह तर्फ निशाना रोकामगर,५० केजि पुरुष तर्फ बिजय खड्का,६५ केजिमा निशान पुन मगरले कास्य पदक जिते ।

त्यसैगरी जुनियर पुरुष कुमुते ६० केजि तौलमा बिनोद बोहरा,५० केजिमा सौगात बिस्ट र ४५ केजि तौल समुहमा तेजवीर पुन दाङ जिल्ला लाई कास्य पदक दिलाउन सफल भएको प्रशिक्षक बिरेन्द्र बिकले जानकारी दिए ।

दाङ जिल्लाको शानदार प्रदर्शनले समग्र लुम्बिनी प्रदेशले दोस्रो स्थान हात पार्न सफल भएको समेत प्रशिक्षक बिकले बताए।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *