२०८३ असार २७ गते शनिवार

नेकपा एस दाङको चुनाव परिचालन समिति संयोजकमा राना

दाङ,चैत २० । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा पार्टीलाई सशक्त रुपमा लैजानका लागि नेकपा एस दाङले चुनाव परिचालन समिती गठन गरेको छ ।

आसन्न चुनावलाई मध्यनजर गरि नेकपा एसका दाङ जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य जोगबहादुर राना संयोजक रहेको १ हजार १ सदस्यीय चुनाव परिचालन समिती गठन गरिएको हो ।

चुनाव परिचालन समितीमा केन्द्रिय सदस्य देखी प्रदेश समिति,जिल्ला समिति,वडातहका पदाधिकारी र जनसंगठनका प्रमुखहरु रहेको नेकपा एसका दाङ प्रचार विभाग प्रमुख दिपक कुमालले जानकारी दिए ।

चुनावलाई मध्यनजर गर्दै जिल्लाका दश वटै पालिकामा चुनावी घरदैलो अभियानलाई तिव्र वनाइएको कुमालले वताए ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *