२०८१ चैत्र ९ गते शनिवार

झलनाथ खनाल घोराही आउँदै

दाङ, चैत २० । नेकपा (एकीकृत समाजबादी) का नेता झलनाथ खनाल दाङ आउने भएका छन् ।

पूर्व प्रधानमन्त्री खनाल पार्टीको भेला तथा कार्यकर्ता प्रशिक्षणका लागि घोराही आउन थालेका हुन ।

चैत २१ गते घोराहीमा हुने कार्यक्रम घोराहीस्थित पुरानो बसपार्कको सभागृहमा संचालन हुने भएको छ ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न व्यक्तिलाई विभिन्न पदको जिम्मेवारीसमेत प्रदान गरिएको छ ।
चुर्णबहादुर वलीलाई, जनपरिचालन उपसमिति संयोजक, गुरुप्रसाद महरालाई संस्कृतिक संयोजक, पाटीका जिल्ला अध्यक्ष शुरामनी बेल्वासेको संयाकत्वमा पाटी प्रवेश समितिको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै सचिवालय संयोजक प्रेम बुढालाई, स्वयसेवक परिचालन समिति संयोजक, जिल्ला उपाध्यक्ष शोभा शाखालाई मञ्च व्यवस्थापन समितिको संयोजक, जिल्ला उपसचिव डिल्ली पुनलाई आर्थिक समिति संयोजक र प्रचार विभाग प्रमुख दिपक कुमाललाई प्रचारप्रसार संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *