२०८३ बैशाख १७ गते बिहिवार

श्रीमतिको हत्या गर्ने सेनाका जवानलाई २५ बर्ष जेलको फैसला

दाङ, बैशाख १७ ।
झन्डै एक बर्ष अघि श्रीमतिलाई जंगलमा लगेर हत्या गरेको अभियुक्त नेपाली सेनाका एक जवानलाई जिल्ला अदालत सुर्खेतले २५ बर्ष जेलको फैसला सुनाएको छ ।
पीडितका आफन्तलाई ३ लाख क्षतिपुर्ती उपलब्ध गराउन आदेशपनि भएको छ ।
जिल्ला न्यायाधीस बसन्तराज जोशीको इजलासले बुधबार आफ्नी २६ बर्षीया श्रीमति प्रेमा वली खत्रीलाई जंगलमा लगेर हत्या नेपाली सेनाका जवान २८ बर्षीय दर्शन खत्रीलाई जन्म कैदको फैसला सुनाएका हुन ।

नेपाली सेनाको वीरदल गण, पाँचथरमा पिउठ पदमा कार्यरत दर्शनले गत बैशाख २१ गते गुर्भाकोट नगरपालिका–५ थक्लेनीमा ५ वर्षीया छोरीसहित बस्दै आएकी श्रीमती प्रेमालाई भेरीगंगा नगरपालिका–१२ छिन्चुस्थित जंगलमा ल्याएर हत्या गरेका थिए ।
दर्शन र प्रेमाले सात वर्ष अघि प्रेम विवाह गरेका थिए । २२ गते दिउँसो थाकल खान जंगल गएका स्थानीयले प्रेमाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित मिति : २०८३ बैशाख १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *