२०८३ बैशाख १५ गते मङ्गलवार

तुलसीपुरमा पर्दशन (तस्बिरहरु)


तुलसीपुर, बैशाख १५ ।
तुलसीपुरमा मंगलबार बेलुका पर्दशन भएको छ ।
सुकुम्बासीलाई हटाउन थालेको बिरोधमा तुलसीपुरमा पर्दशन भएको हो ।
बिरोध पर्दशनमा आएकाहरुले हातका साथै टाउकोमा कालो पट्टी बाँधेका थिए ।
महिला पुरुषसहितको र्‍यारीले उक्त बिरोध र्‍यालीका सहभागिले नाराबाजी गर्दै बजारको परिकर्मा गरे ।
प्रधानमन्त्री बालेन शाहका बिरुद्धपनि उनीहरुले चर्कौ नाराबाजी गरे । बालेन सरकार मुर्दाबाद , बालेन सरकार राजीनामा दे, बालेन सरकार होसियार, जनताको घर भत्काउन पाँइदैन, गरिबलाई होइन गरिबी हटाउ, गरिबलाई बाँच्न दे, भन्ने जस्ता नाराहरु लगाएका थिए ।
मंगलबार मात्रै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा जिल्लाका सबै पालिकाका प्रमुखसहित घोराहीमा बसेको सरोकारवालाहरुको बैठकले अतिक्रमण गरी बनाइएका अवैध संरचनाहरू तत्काल हटाउने निर्णय गरेको थियो । बिषेश गरि सडक किनार, सार्वजनिक स्थल, ऐलानी जग्गामा बनाइएका टहरा तथा अस्थायी संरचना हटाउने निर्णय बैठकले गरेको थियो । जिल्लामा अस्पताल, विश्वविद्यालय, प्रहरी र अदालतको सम्पत्ति पनि अतिक्रमणमा छन् । तुलसीपुरको पातुखोला क्षेत्रमा पनि ब्यापक अतिक्रमण छ ।
नयाँ सरकार गठनसँगै मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकले सय दिने कार्यसूचीअन्तर्गत देशभर अतिक्रमण नियन्त्रणलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार सार्वजनिक, सरकारी, ऐलानी तथा प्रति जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने जिम्मेवारी स्थानीय तह र प्रमुख जिल्ला अधिकारीको हुने व्यवस्था छ ।

सबै तस्बिर – सौजन्ने – सागर सुबेदी ।

प्रकाशित मिति : २०८३ बैशाख १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *