२०८३ बैशाख ५ गते शनिवार

रैथाने खानाको महोत्सबले स्थानीय सीप र कला संरक्षणमा टेवा पुग्छ – विनिल केसी

शरद रेग्मी, दंगीशरण, वैशाख ५ ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले रैथाने खानाको महात्सवले स्थानीय तथा रैथाने आदिबासी जनजातिको सीप, कला र परिकार संरक्षण तथा प्रचार प्रशारमा टेवा पुग्ने आशा ब्यक्त गरेका छन् ।

तीन दिने रैथाने खाना महोत्सबको शुक्रबार बेलुकी चखौरामा उद्घाटन पछि सम्बोधन गर्दै प्रमुख अतिथि केसीले रैथाने खानाको उचित प्रचार प्रशार र ब्राण्डिङले आर्थिक सबलिकरणमा समेत टेवा पुग्ने बताए ।

बिगतमा काठमाडौंका नेवार समुदायले मात्रै यस्ता खाले महोत्सव आयोजना गर्ने गरेपनि पछिल्लो समय हरेक समुदायमा जागरण पैदा भइ ठाउँ / ठाउँमा रैथाने खाना र खाजाको महोत्सव लाग्नुलाई सकारात्मक रुपमा लिनु पर्ने केसीले बताए ।
‘ यस्ता महोत्सवले स्थानीय समुदायका कला, सीपका साथै ऐतिहासिक खाद्य संस्कारको महत्व उजागर गर्छ ,’ अध्यक्ष केसीले भने ‘स्थानीय स्तरमा संचालित महोत्सवलाई सबैले आत्मसाथ र सहयोग गर्न जरुरी छ ।’
रैथाने खानाका महोत्सवले मौलिक पहिचान जगेर्ना गर्न तथा आयआर्जनका बाटो पहिल्याउन मद्दत पुग्ने उनले चर्चा गरे ।

लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय बाँकेका कर्मचारी कृष्णबहादुर बिष्टले लुम्बिनी प्रदेश सरकारको बिषेश अनुदान शिर्षक अन्त्तरगत प्राप्त बजेटले आदिबासी थारु समुदाय लगाएतका जातजातिको कला संस्कृति र खाद्य संस्कृतिको संरक्षणमा टेवा पुगोस भन्ने उदेश्यका साथ महोत्सव आयोजना गरिएको जानकारी दिएका थिए ।
तीन दिनसम्म चल्ने महोत्सवमा थारु समुदाय लगाएत बिभिन्न कला संस्कृतिको समेत प्रस्तुति रहेने थारु समुदायका गायक रोषण रत्गैंयाले बताए ।

खानाको महोत्सव दंगीशरण गाउँपालिका – ३ चखौरास्थित थारु संग्राहको परिशरमा संचालन गरिएको छ ।
जो तुलसीपुर बजारदेखि झन्डै ११ किलोमिटर पश्चिममा पर्छ । जहाँ रैथानेको कला संस्कृति र परिकारको पर्बद्धन गर्ने उदेश्यले शुक्रबारदेखि महोत्सवको सुरु गरिएको हो ।
तीन दिनसम्म संचालन हुने महोत्सवमा थारु समुदायका साथै नेवार समुदायका बिभिन्न रैथाने खानाका परिकार खान पाइन्छ । थारु, मगर र नेवार समुदायका मौलिक कला संस्कृतिका साथै बिभिन्न हस्तकलाका सामाग्रीहरु पर्दशनीमा राखिएको छ ।
महोत्सवको उद्घाटन तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीको प्रमुख आथित्यता र लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय बाँकेका कर्मचारी कृष्णबहादुर बिष्टको अध्यक्षतामा भएको हो ।

प्रकाशित मिति : २०८३ बैशाख ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *