२०८३ बैशाख १६ गते बुधवार

एमालेका वडा अध्यक्ष र सचिव कांग्रेसमा प्रवेश

घोराही,चैत १४ । दाङमा नेकपा एमालेका वडा अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

जिल्लाको बंगलाचुली गाँउपालिका वडा नम्बर ३ का एमाले अध्यक्ष दिलबहादुर के।सी नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

उनीसगै सोही वडाका एमाले सचिव रुपेश के।सी पनि कांग्रेसका प्रवेश गरेका छन । त्यस अवसरमा माओवादी केन्द्रका वडा सदस्य किरण केसी पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन । ।

उनीहरुलाई सोमवार नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीले पार्टि कार्यालय घोराहीमा टिका र खादा लगाएर कांग्रेसमा स्वागत गराएका हुन ।

नेपाली कांग्रेसको बिचार र कांग्रेसको कामप्रति प्रभावित भएर पार्टि प्रवेश गरेको नवप्रवेशीहरुले बताएका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *