
देविराम कुसारी,फुलवारी, चैत्र ७ । नेकपा एमालेको भात्री संगठन युथ फोर्स फुलवारीका अध्यक्ष पुष्कर केसी (बासु) सहित ५८ जनाले एमाले लगाएत विभिन्न पार्टि परित्याग गरी काँग्रसमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ ईकाइ समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले टोल ईकाइ कमिटिका कोषाध्यक्ष पोषणराज आचार्य सहित एमाले पार्टि वाट मात्रै ३८ जना भन्दा बढीले काँग्रेसमा प्रवेश गरेका हुन् ।
इकाइ सभापती चेतकान्त योगीको सभापतित्व एंव माहाधिवेशन प्रतिनिधि विमल रिजालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा युथ फोर्सका पुष्कर केसी र विजय चौधरीको नेतृत्वमा २० जना युवा काँग्रेसमा प्रवेश गरेका हुन् ।

पार्टि प्रवेस गरेकालाई अविर खादाले सम्मान गरिएको थियो भने प्रमुख अथिति रिजालले काँग्रेसको सदस्यता प्रदान गरेका थिए ।
नगर सदस्य टंकराज पौडेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा विशिष्ट अथिति जिल्ला सदस्य मदन वली, दाङ क्षेत्र नं.३ क का सभापती देवेन्द्र रिजाल, प्रदेश प्रतिनिधि गणेश खड्का, तुलसीपुर नगर सभापती शुरेस हमाल, उप सभापती विनिल केसी र गौरव सुवेदी, क्षेत्रिय सदस्य चिरिञ्जिवि वली, प्रतिनिधि एंव पुर्व जिल्ला सहसचिव हरिहर पौडेल, पुर्व जिल्ला सदस्य ताराबहादुर कार्की, नगर सदस्य झनकबहादुर वस्नेत, कावा वडा अध्यक्ष विनोद पाण्डे, क्षेत्रिय प्रतिनिधि लोकेस्वरी अधिकारी, जागेस्वर वली लगाएतले मन्त्व्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण क्षेत्रिय प्रतिनिधि देविराम कुसारीले गरेका थिए ।
