लक्ष्मण बस्नेत,तुलसीपुर,फागुन ३० । दगीशरण गाउँपालिका स्तरिय चौथो तथा १४औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८ मंगलवार देखि सुरु हुदैछ ।
दंगीशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र मा.बि. हेकुलीको संयोजनमा संचालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रम बिहान १० बजे हुने छ ।
तीन दिन सम्म संचालन हुने प्रतियोगितामा फिल्ड तर्फ भलिबल,कबडी, छात्र/छात्रा त्यस्तै ऎथ्लेटिक्स ट्रयाक तर्फ १००,२००,४००,८००,१५००,३००० मिटर छात्र र छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्ररछात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प,लङजम्प,त्रीपलजम्प,ज्याभलिङ थ्रो र सटपुट छात्र/छात्रा बिच कडा प्रतिस्पर्धा हुने दंगीशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख बिनोद अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा दंगीशरण गाउँपालिका क्षेत्रका सामुदायीक तथा निजि गरि ८ बिधालयको सहभागिता रहनेछ भने बिद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्र/छात्रा ले मात्र भाग लिन पाउनेछ्न् ।
गाउँपालिका अध्यक्ष भागी राम चौधरीको अध्यक्षतामा फागुन २३ गते बसेको बैठकले चैत १ देखि ३ गते सम्म रनिङ शिल्ड प्रतियोगिता संचालन गर्ने निर्णय गरेको दंगीशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्राबिधिक सहायक उमा केसिले जानकारी दिए ।
बैठकले प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो स्थान हासिल गर्ने बिधालय लाई क्रमशः २०,१५, र १० हजार पुरस्कार राशी प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले प्रथम, दोस्रो र तेस्रो गाउँपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता पुर्ण रुपमा सार्थक र परिणाममुखी बनाउन सफल भएको निष्कर्श निकाल्दै यतिबेला चौथो रनिङ शिल्ड प्रतियोगिता लाई अझ मर्यादित र भब्य बनाउन गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष भागी राम चौधरीले बताए ।
हामीले रनिङ शिल्ड प्रतियोगितालाई खेलकुद महोत्सवका रुपमा लिएका छौ यो बालबालिकाको सर्वाङ्गिन बिकास संग जोडिएको विषय हो त्यसैले गाउँपालिकामा रहेका ५ वटा सामुदायिक बिधालय लाई आन्तरिक तयारीका लागि सहयोग स्वरुप गाउँपालिकाले छुट्याएको ६० हजार रुपैयाँ १२ हजारका दरले प्रदान गरेको समेत अध्यक्ष चौधरीले बताए ।