दाङ, असोज २९ ।
नेपाली काग्रेसको १५ औ अधिवेशनमा दाङका १६ उम्मेदवार मध्य ६ जना मात्रै निर्वाचित भएका छन् । १० जना पराजित भएका छन् ।
१५औं महाधिवेशन बाट दाङले एक जना पदाधिकारीसहित ५ जना केन्द्रीय सदस्य प्राप्त गरेको छ । जस्मा सहोदर दाजुभाइ पनि निर्वाचित भएका छन् ।
दाङको क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने योगेन्द्र चोधरी थारु कलष्टर बाट सहमहामन्त्रीमा निर्वाचित भएका छन् । उनी पुसमा भएको बिषेश महाधिवेशनमा सहमहामन्त्रीमा चयन भएका थिए । त्यसअघि उनी केन्द्रीय सदस्य थिए ।
त्यस्तै दाङको क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्ने पूर्व राष्ट्रिय सभा सदस्य अनिता देवकोटा केन्द्री महिला तर्फ खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन । दाङको क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्ने किरण किशोर घिमिरेपनि खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । किरणका सहोदर दाजु कमल किशोर घिमिरे लुम्बिनी प्रदेश अन्तर्गत –भूगोल बाट र लुम्बिनी प्रदेशका निवर्तमान मन्त्री प्रचण्ड बिक्रम न्यौपाने पनि भूगोल बाटै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । न्यौंपाने दाङको २ (ख) बाट २०७९ सालको निर्वाचनमा निर्वाचित भएका थिए ।
त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्य अनुराग खड्का ३५ बर्ष मुनीको युवा बाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी स्वर्गिय नेता खुमबहादुर खड्काका पुत्र हुन । बुवाको अवसान पछि राजनीतिमा होमिएका उनी १४औं महाधिबेशनका क्रममा दाङको क्षेत्र नं. १ बाट सर्वाधिक लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । १५औं महाधिवेशनमा पनि उनी महाधिबेशन निर्वाचित भएका थिए । अनुराग गत पुसको बिषेश महाधिबेशनको पक्षमा खुलेका थिए ।
उनी २०७९ को निर्वाचनमा दाङ १ (ख) बाट निर्वाचित हुँदा जम्मा २८ बर्षका मात्रै थिए ।
ती बाहेक अन्य सबै १० जना उम्मेदवार पराजित भए । दाङका तीन निर्वाचन क्षेत्र मध्य क्षेत्र नं. ३ का कुनैपनि उम्मेदवारले जित निकाल्न सकेनन् ।
दाङको क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्ने ह्वाब्बि वेइटेड नेता दीपक गिरी उपसभापति पदमा पराजित भए ।
यही क्षेत्रमा लगातार तीन पटक क्षेत्रिय सभापति बनेका जगतबहादुर खड्का –खस आर्यबाट पराजित भए । यही क्षेत्रका गोबिन्दबहादुर शाह (शम्भू) खुल्ला केन्द्रीय सदस्यमा पराजित भए ।
दाङ क्षेत्र नं. ३ कै डा. नहकुल केसी र मोहन लम्साल बिज्ञ तर्फ पराजित भए । सोही निर्वाचन क्षेत्रकै देविका नेपाली घिमिरे दलित तर्फबाट पराजित भइन । दाङ – २ बाट प्रतिनिधित्व गर्ने बाबुराम बिश्वकर्मा – दलित तर्फ बाट पराजित भए । दाङ – १ बाट प्रतिनिधित्व गर्ने प्रदीपराज शर्मा –भूगोलबाट पराजित भए ।
त्यस्तै गिरिजादेबी न्यौंपानेले – महिला भूगोल बाट र लिला नेपाली – दलित महिला तर्फबाट पराजित भइन ।
