२०८१ माघ ९ गते बुधवार

अनुप पाण्डेलाई ७ दिन थुनामा राख्न म्याद थप

तुलसीपुर, फागुन ३० । चेक अनादर मुद्दामा ठेकेदार अनुप पाण्डेलाई सातदिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।


उच्च अदालत तुलसीपुरले आइतबार पाण्डेलाई सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी भुपाल भण्डारीले जानकारी दिए ।


तुलसीपुर– घोराही चार लेन सडकको काममा ठगी गरेको भन्दै घोराही उपमहानगरपालिका वडा नं. १५ भरतपुरका निर्माण ब्यबसायी तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य गेहेन्द्रबहादुर बस्नेतले जाहेरी दिएका थिए ।

उनले एक करोड ४४ लाख बढी ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा अघिल्लो हप्ता उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा ठेकेदार पाण्डे शनिबार काठमाडौंमा पक्राउ परेका थिए । उनलाई आइतबार दाङ ल्याएपछि प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।

बस्नेतले आफ्ना टिप्परहरु भाडामा प्रयोग गरे बाफतको पैंशा नदिएको भन्दै पाण्डे बिरुद्ध उजुरी दिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।


बस्नेत बाहेक जिल्ला प्रशासन कार्यालयमा थप १६ जनापनि ठगी आरोपमा मुद्दा दिएका छन् । १७ जनाले झन्डै ६ करोड ठगी गरेको भन्दै पाण्डे बिरुद्ध उजुरी दिएका छन् ।

यो पनि …

काठमाडौंमा पक्राउ परेका ठेकेदार पाण्डे दाङ ल्याइए

प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *