तुलसीपुर, फागुन २९ । काठमाडौंमा पक्राउ परेका ठेकेदार अनुप पाण्डेलाई दाङ ल्याइएको छ ।
ठगी मुद्दामा पक्राउ परेका तुलसीपुर– घोराही चार लेन सडकका ठेकेदार पाण्डेलाई शनिबार काठमाडौंमा पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पाण्डेलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको जानकारी दिए ।
घोराही उपमहानगरपालिका वडा नं. १५ भरतपुर निवासी ब्यबसायी तथा नेकपा एमाले दाङका जिल्ला कमिटी सदस्य गेहेन्द्र बस्नेतले ठेकेदार पाण्डे बिरुद्ध गत माघमा १ करोड ४४ लाख ठगी गरेको भन्दै उजुुरी दिएका थिए ।
त्यसमध्य पछिल्लो समय पाण्डेले बस्नेतलाई दिएको १ करोड ८ लाख बढीको चेक बाउन्स भएपछि चेक अनादर मुद्दामा अनुसन्धान गर्न पाण्डेलाई पक्राउ गर्नु परेको प्रहरी अधिकारीहरु बताउँछन् ।
बस्नेत बाहेक जिल्ला प्रशासन कार्यालयमा थप १६ जनासमेतको गरि झन्डै ६ करोड ठगी गरेको आरोपसहित जाहेरी दिएका छन् ।
प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार