२०८३ भाद्र १२ गते शुक्रवार

एमाले सांसद बानियाँ निलम्बित

काठमाडौँ,फागुन २२ । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन्।

सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको आज प्रतिनिधि सभा बैठकमा जानकारी गराएका थिए।

सांसद बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले गत फागुन १६ गते पक्राउ गरेको थियो। जबरजस्ती करणी अभियोगमा मुगुका सांसद बानियाँ पक्राउ परेका थिए।

सांसद बानियाँविरूद्ध जुम्लाकी एक महिलाले बाँके प्रहरीमा जबरजस्ती करणी गरेको गरेको भन्दै जाहेरी दिएकी थिइन्।

४० वर्षीया ती महिलाले सांसद बानियाँले बाँकेस्थित होटल अप्सरामा बिहानीपख आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *