२०८३ बैशाख १३ गते आइतवार

लखन कप फुटबलको उपाधि बडहराले जित्यो

तस्वीर:फरककोण ।

घोराही, फागुन १० । लखन कप फुटबल–२०७८ को उपाधि घोराहीको बडहरा युवा क्लबले जितेको छ ।

मंगलवार घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित खेल मैदानमा भएको फाईनल खेलमा राप्ती गाउँपालिकालाई ४–१ गोलले सहजै पराजित गर्दै दोस्रो पटक लखन थामा कप फुटवल प्रतियोगिताको उपाधि बडहराले जितेको हो ।

फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको बडहराले पहिलो हाफमै राप्तीलाई ३–० ले पछि पारेको थियो । दोस्रो हाफमा एक गोल गरेर खेलमा फर्कने प्रयास गरेपनि बडहराले थप एक गोल गरेपछि खेल १–४ अन्तरले जित्दै प्रतियोगितामा बडहरा बिजयी भएको हो ।

जितसँगै बडहराले नगद एक लाख रुपैयासहित ट्रफि, शिल्ड र प्रमाणपत्र जितेको छ । उपबिजेता राप्ती गाउँपालिका ५० हजार पुस्कारमा चित्त बुझाउन बाध्य भयो ।
नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका १२ वटा टिमहरुको सहभागिता थियो ।
फागुनको १५ गते नेपाल मगर संघको केन्द्रीय महाधिवेशनका अवसरमा पुरस्कार प्रदान गरिने खेल प्रचारप्रसार संयोजक प्रेमबहादुर राम्जामगरले जानकारी दिए ।
प्रतियोगिताको प्रथम पुरस्कार स्वर्गीय गणेशप्रसाद रोकामगरका छोराहरुले स्थापना गरेको अक्षयकोष र दोस्रो पुरस्कार पूर्वअध्यक्ष जंगबहादुर पुनले स्थापना गरेको अक्षयकोषबाट पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता फागुनको २ गतेदेखि सुरु भएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *