२०८१ साउन ६ गते आइतवार

एमसिसी संसदमा टेबल भयो

काठमाडौं, फागुन ८ । अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्बन्धी सम्झौता आइतबार संसदमा टेबल भएको छ।


बिहान बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले एमसिसी संसदमा टेबल गर्ने सहमति गरेको थियो।


सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता अनुमोदनका लागि अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट संसदमा टेबल गरेका हुन ।
प्रमख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधबीच एमसिसी टेबल भएको हो ।

टेबलका क्रममा मन्त्री कार्कीले उक्त परियोजना नेपालको बिजुली प्रसारण लाइन र विभिन्न सडक खण्डको स्तरोन्नतिका लागि अमेरिकाले दिने सहयोग भएको जानकारी दिएका थिए ।

संसदको अबको बैठक फागुन १२ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । सोही बैठकदेखि एमसिसी सम्झौतामाथि आवश्यक छलफल सुरू हुने सक्ने छ ।

२०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसिसी सम्झौता अनुमोदनका लागि संसदमा प्रस्ताव दर्ता गरेको थियो । तर, नेकपा भित्रको आन्तरिक विवादका कारण उतिखेर सभामुखले त्यो टेबल गर्न दिएका थिएनन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *